बालेनले कानुन कार्यान्वयन गराउँदा यसबर्ष १९ र गत बर्ष १३ हजार बढि विद्यार्थीले पाए छात्रवृत्ति


काठमाडौं। काठमाडौं महानगरभित्रका निजि विधालयहरुमा यो शैक्षिक सत्रमा १८ हजार विधार्थीहरुले छात्रवृत्ति पाएका छन् । मेयर बालेन शाहकाअनुसार यस शैक्षिक सत्र २०८१ मा महानगरभित्रका निजि विधालयमा अध्यनरत १८, ४२२ विधार्थीले छात्रवृत्ति पाएका छन्।
महानगरमा हिजोसम्म विवरण बुझाउने निजि विद्यालयको संख्या ४७३ पुगेको र ति विधालयहरुमा १ लाख ४९ हजार ९५६ बिद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ विधार्थीले छात्रवृत्ति पाएको मेयर शाहले जानकारी दिएका छन् ।

गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजार भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएका थिए । मेयर बालेनका अनुसार यसति ठुलो संख्यामा विधार्थीले छात्रवृत्ति पाएको महानगरको इतिहासमै पहिलो पटक हो ।

‘गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरणमहानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो।यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ जस अनुसार १,४९,९५६ बिद्यार्थी भर्ना भएका मध्ये १८४२२ जनाले छात्रवृति पाएका छन्’, मेयर बालेनले सामाजिकसंजालमा लेखेका छन् ।

विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित बर्गका बिद्यार्थीहरुलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भएको मेयर शाहले बताएक छन् ।

‘हामीले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै लक्षित बर्गका बिद्यार्थी हरुलाई करिब २ अर्ब बराबर को छात्रवृति उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हामि अनुगमन गर्नेछौ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ’, बालेनले फेसबुक स्टाटसमा लेखेका छन् ।

महानगरभित्रका निजि विधालयबाट विधार्थीलाई छात्रवृत्ति दिइएको नदिइएको विवरण बुझाउन ३ दिनको समय दियएको सुचना समेत जार िगरिएको उनले बताए । उक्त समय अवधीभित्र विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने समेत बालेनले चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार