सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको झण्डै डेढ लाख

काठमाडौं । सुनको मूल्यमा नयां रेकर्ड कायम भएको छ । एक महिनाको अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै तोलाको झण्डै डेढ लाखमा कारोबार भइरहेको छ ।

हिजोको मूल्यमा १ हजार बढेर आज प्रतितोला १ लाख ४५ हजार ४ सयमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको यो मुल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा २० रुपैयाँ बढेर तोलाको १ हजार ८९० रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार