कस्तो अचम्म: मलद्वारमा लुकाएर सुन तस्करी

काठमाडौं । नेपालमा सुन तस्करका घटनाहरु दिनहुँ जस्तो सुन्ने गरिन्छ । अवैध सुन ल्याउने ब्यक्तीहरु पनि पक्राउ परि नै रहेका छन्, तर सुन तस्करी भने रोकिएको छैन । सुन तस्कर गर्ने गज्जबका तरिकाहरु पनि सुन्नमा आँउछन । यस्तै घटना बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भयो ।
३ जना चिनियाँ नागरिक ३ किलो तीन सय ग्राम अवैध सुनसहित पक्राउ परे । उनीहरुले उक्त सुन भने आफ्नो मलद्वारमा लुकाएर ल्याएका थिए ।
चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंगले आफ्नो मलद्वारमा सुन राखेको अवस्थामा पक्राउ गरिएको विमानस्थलमा कार्यरत एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

उनिहरुको गतिविधी शंकास्पद रहेको थाहा पाएपछि प्ररहीले उनिहरुलाई सोधपुछ गर्दै नियन्त्रणमा लिएर स्वास्थ्य जाँच गर्दा मलद्वारमा सुन भेटिएको एसपी कोइरालाले बताए । पछि उनीहरुलाई अस्पताल लगेर दिसा गर्न लगाई सुन निकालिएको थियो । सुन तस्करबारे उनिमाथी थप अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार