जापानमा भवन सरसफाइ लगायतमा नेपाली कामदारको ठुलो माग,भाषा र सीप परीक्षण नोभेम्बरमा


काठमाडौं । जापानमा भवन सरसफाइ तथा व्यवस्थापनको काममा नेपाली कामकदारको ठुलो माग भएको छ ।
उक्त काममा जान चाहने नेपाली कामदारहरुको भाषा र सीप परीक्षण नोभेम्बर महिनाको २७ देखि ८ तारिकभित्र हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

जापानको (एसएसडब्लू) प्रणालीमार्फत जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न नेपाल आएको टोलीले आज वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग छलफल गर्दै भवन सरसफाइ तथा व्यवस्थापनको काममा जान चाहने नेपाली कामदारहरुको भाषा र सीप परीक्षण नोभेम्बर महिनाको २७ देखि ८ तारिकभित्र हुने जानकारी गराएको छ।

जापानी टोलीसंगको छलफलपछि महानिर्देशक घिमिरेले जापानमा कामदार पठाउन नेपाल सरकारसँग भएको सम्झौता र कार्यविधिका आधारमा दक्ष जनशक्तिलाई जापान पठाउन लागिएको बताए ।

उनकाअनुसार जापानी टोलीसंग भेटका क्रममा भाषा र सीप परीक्षणका लागि भइरहेको तयारीबारे छलफल भएको थियो । महानिर्देशक घिमिरेले जापानमा एउटै कम्पनीमार्फत ३० हजारसम्म कामदार लैजान जापानी टोली इच्छुक रहेको समेत बताए।

भवन सरसफाइ तथा व्यवस्थापनको काममा पहिलो पटक जापानले नेपाली कामदार लैजान लागेको हो । परीक्षाको सम्पूर्ण काम काठमाडौंस्थित पीएनटी ट्रेनिङले व्यवस्थापन गर्ने जापानी टोलीले विभागलाई जनाएको महानिर्देशक घिमिरेले बताए ।
पछिल्लो समय वैदेशिक रोजगारीका लागि जापान पनि नेपाली कामदारको आर्कषक गन्तव्य बनेको छ । पढाई र काम गर्ने उदेश्यले पछिल्लो समय नेपाली युवाहरु जापान जाने संख्या बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार