प्रधानमन्त्री ओली स्वदेश फिर्ता, पीडित जनता राहातको पर्खाइमा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन् ।

आज अपरान्ह प्रधानमन्त्री ओली अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका हुन् । विमास्थलमा उनको अति विशिष्ठ कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गरेका छन्।

प्रधानमन्त्री ओलीलाई स्वागतमा गर्न मन्त्रीहरु, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थित थियो ।
प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको ७९औँ महासभामा भाग लिन असोज ४ गते जम्मबो टोली लिएर अमेरिका गएका थिए । ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए ।

यसवर्षको महासभामा ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भएको थियो ।

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटन सत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । उनले अति कम विकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गरेका थिए।

भ्रमणका क्रममा उनले राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग द्विपक्षीय वार्ता पनि गरेका थिए । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतका सहभागी थिए ।

प्रधानमन्त्री ओली अमेरिकामा रहँदा देशमा आएको अविरल बर्षापछिको बाढि, पहिरो र डुबानले अस्तब्यस्त बनेको छ । बर्षाका कारण एक सय बढिको मृत्यु भएको छ भने ५० बढि मानिसहरु हराईरहेका छन् । अरबौंको क्षति भएको छ ।

पीडितहरु तत्काल राहात र उद्धारको पर्खाईमा छन् । सरकारले बाढि, पहिरो र डुबानका बेला राम्रोसंग काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। अविरल बर्र्षहुने त्यसले क्षती गर्न सक्ने पूर्वाजानकारी भएपनि सरकारले त्यसअनुरुप काम गर्न नसकेको भन्दै विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार