
काठमाडौं । सामान्य विवादमा घरबेटीले कुटपिट गर्दा डेरामा बस्नेको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको घरमा बस्ने ४० वर्षीया शम्भु चौधरी रहेका छन् ।
महर्जनले सामान्य विवाद हुँदा शुक्रबार विहान चौधरीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । घरबेटीको कुटपिटबाट घाइते भएका चौधरीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले कुटपिट गर्ने महर्जनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ ।









