पाकिस्तानमा बम बिस्फोट, ५ को मृत्यु १५ घाइते


काठमाडौं । पाकिस्तानको एक मस्जिदमा शक्तीशाली बम बिस्फोट हुँदा ५ को मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
पाकिस्तानको बलूचिस्तान राज्यमा रहेको एक मस्जिदमा शुक्रबार दिउँसो बम बिस्फोट भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानी प्रहरीका अनुसार मानिसहरु शुक्रबार नवाज पढ्न मस्जिदमा भेला भइरहेका बेला एक्कासी बिस्फोट भएको थियो ।
घटनाको अहिलेसम्म कसैपनि जिम्मेवारी लिएको छैन । भारत र पाकिस्तानबीच तनाव उत्र्कषमा पुगेका बेला मस्जिदमा गरिएको बिस्फोटलाई गम्भिर लिइएको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार