श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण


काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय शितल निवास महाराजगञ्जमा नेपालीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

त्यसपछि १९ फागुनमा राष्ट्रपति पौडेलले उनलाई राजदूत पदमा नियुक्त गरेका थिए ।

पद तथा गोपनीयताको शपथ समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार