राजावादी आन्दोलनले पत्रकार सुरेश रजकको ज्यान लियो


काठमाडौं। राजावादी आन्दोलनमा एकजना पत्रकारको जलेर निधन भएको छ ।
काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले भवनमा आगो लगाउँदा जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन भएको हो ।
छतबाट दृष्य खिचिरहेका बेला प्रर्दशनकारीहरुले भवनमा आगो लगाएपछि फोटो पत्रकार रजकको जलेर निधन भएको उनि कार्यरत संस्था एभिन्यूज टेलिभिजनले जनाएको छ।

आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको समेत एभिन्यूज टेलिभिजनले जनाएको छ । प्रहरीसँग झडपपछि राजावादी प्रदर्शनकारीहरूले उक्त भवनमा आगजनी गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार