
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाएका छन् । आज बिहान पत्र लिएर निर्मल निवास पुगेको महानगरको टोलीलाइृ गेटबाटै फर्काएपछि मेयर बालेनले हुलाक मार्फत पत्र पठाएका हुन् ।
महानगर प्रहरीका डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पूर्वराजा शाहलाई जरिवानाको पत्र बुझाउन टोली निर्मल निवास पुगे पनि उनलाई गेटबाटै फर्काईएको थियो ।
गत शुक्रबार राजावादी प्रर्दशनकारीहरुले तिनकुनेमा फोहर, तोडफोड, आगजनी गरेपछि महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । पूर्वराजाले ब्यक्ति तोकेर आन्दोलनमा पठाएका कारण मुख्य दोषी उनै भएकाले जरिवाना तोकिएको महानगरको भनाई छ ।











