
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जो कोहिलाई कडा कारबाही गरिने बताएका छन् ।
आज संसदमा बोल्दै प्रधानमन्त्री ओलीले यहि चैत १५ गते राजावादीहरुले प्रर्दशनका नाममा गरेको हिंसात्मक घटनामा जो सुकै संलग्न भएपनि कडा कारबाही हुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति नपाउने स्पष्ट पानरेका छन्। तीनकुनेमा राजावादीहरुले गरेको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उनको दाबी छ।
‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भिड उत्साउने काम गर्यो । पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलावद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।











