काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुमाथि अन्याय भएको बताएका छन् । सामाजिकसंजालमा लेख्दे उनले आफूले अदालतको सम्मान गर्ने त आफुमाथि अन्याय भएको बताएका हुन् । उनले फेसबुक स्टाटसमार्फत आफुले आजै गिरफ्तारी दिन लागेको समेत जानकारी गराएका छन् ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु, साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । ममाथि ठूलो अन्याय भएको छ’, उनले स्टाटसमा लेखेका छन् ।
उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ ।
रविले भोलि चितवनमा सभाको आयोजना गरेर जनतालाई केहि विशेष कुरा बताउने तयारी गरेका थिए । उनले आफु पक्राउ गरे पनि चितवनको कार्यक्रम नरोक्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध रवि उच्च अदालत गएका थिए । जसमा आज उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।
रविको स्टाटस