काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको मानव अधिकार उल्लघन भएको भन्दै मानवअधिकार आयोगमा निवेदन दिएको छ ।
सभापति लामिछानेलाई पछिल्लो पटक निवासबाटै पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै रास्वपाले आज आयोगमा निवेदन दिएर ध्यानाकर्षण गराएको हो ।
लामिछानेलाई गत चैत २२ गते हात्तीगौडास्थित निवासबाठट पक्राउ गर्दा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको रास्वपाले निवेदनमा उल्लेख गरेकमो छ ।
रास्वपाले निवेदनमा लामिछानेविरुद्ध अशोभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमै पुगेर धरपकड गरेको लगायतका विषय उल्लेख गर्दै घटनाको छानविन गरी दोषीमाथि कारबाहीकमो माग गरेको छ।
राज्य संयन्त्रले सभापति लामछानेलाई पक्राउ गर्दा कानुनी विधि विपरित धरपकड गरेकाले न्यायका लागि आयोगमा निवेदन दिएको रास्वपा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
सभापति लामिछानेलाई अदालतले पुर्पक्षका लागि रुपन्देही कारागार पठाइसकेको छ ।