रविको मुद्धा आज छैंटौं पटक पनि हेर्दाहेर्दैमा, कारण यस्तो (भिडियोसहित)


काठमाडौं । सहकारी ठगी मुद्धामा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्धा आज पनि हेर्न नमिल्नेमा राखिएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा आज सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि आजका लागि उक्त रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ । हिजो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा लामिछानेको सुनुवाइका लागि पेसी तोकिएको थियो ।

तर, लामिछानेको तर्फबाट वकालत गर्ने अधिवक्ता प्रधानन्यायाधीश राउतका नजिकका आफन्त पर्ने र पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट वकालतनामा दिने अधिवक्ता न्यायाधीश पाण्डेयका आफन्त पर्ने देखिएकाले इजलासले मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो ।

यससंग सम्बन्धित भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार