सर्वोच्चमा रविको मुद्दा आज फेरि सुनुवाई नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुददा आज फेरि सुनुवाई नहुने भएको छ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रविको तर्फबाट श्रीमती निकिता पौडेलले हालेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाई नहुने भएको हो ।

हिजोको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले आज पनि रिटमाथि निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखिएको थियो ।

तर, आज सर्वोच्च अदालत प्रशासनले नै लामिछानेको रिटमाथि सुनुवाइ स्थगित भएको सूची प्रकाशित गरेको छ ।

सभापति लामिछानेको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा. सुवेदी संवैधानिक इजलासमा र अर्का न्यायाधीश ढकाल छुट्टै इजलासमा परेका कारण सुनुवाई स्थगित भएको अदालतले जनाएको छ।

लामिछानेको मुद्धाको सुनुवाई कहिले हुने भन्ने यकिन मिति भने सर्वोच्च अदालत प्रशासनले जारी गरेको छैन् । पटक पटक मुद्धा हेर्न नभ्याउनेमा परेपछि लामिछानेका कार्यकर्ता, सर्मथकहरु मुद्धा छिटो सुनुवाई गर्नुपर्ने बताइरहेका छन् ।

यो भिडियो संवाद पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार