
काठमाडौं । राजावादी आन्दोलनप्रति सरकार कठोर बन्दै गएको छ । आन्दोलनका नाममा संविधानको उलंघन र शान्ति खल्बल्याउने प्रयास भए सरकारले कडा कदम चाल्ने बताइसकेका छ ।
तीनकुने घटनापछि सरकार राजावादीका गतिविधिप्रति सरकार कडाई साथ अघि बढेको छ । त्यसक्रममा सरकारले राजावादी नेता, सांसदहरुका पीएसओ (अंगरक्षक) समेत फिर्ता बोलाएको थियो ।
गृहमन्त्री रमेश लेखकले आज प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा बोल्दै राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म उनिहरुलाई अंगरक्षक नदिइने बताएका छन् ।
राप्रपा लगायत राजावादी नेताहरु राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलनमा उत्रिएपछि सरकारले राजावादी नेता र सांसदहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीहरु फिर्ता बोलाएको थियो ।
समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले आफुहरुका अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री लेखकलाई सोधेपछि मन्त्री लेखकले राजावादीहरुको आन्दोलन रोकिएसम्म अंगरक्षक फिर्ता नहुने जवाफ दिएका छन् ।
राप्रपा नेताहरु ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षकलाई सरकारले फिर्ता भएको ति नेताहरुले सार्वजनिक रुपमा बताएका थिए ।
उनले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किन नसकिने भन्दै संविधानका आधारभूत व्यवस्था उल्ट्याउने र संविधान नै फाल्ने काममा कोही पनि नलाग्न चेतावनी समेत दिए ।
यता राजावादीहरुले पहिलो चरण आन्दोलन सकिएको र दास्रो चरणको आन्दोलनबारे छलफलमा जुटेको बताएका छन् ।
‘











