
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को भ्रष्टाचार फाइल खोले रमुद्धा दर्ता गरेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालमाथि पतान्जली जग्गा हिनामिनामा मुद्धा दर्ता गरे लगत्तै नेपाल टेलिकममा भएको भ्रष्टाचारविरुद्ध समेत मुद्धा दर्ता गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार आज विशेष अदालत काठमाडौ.मा मुद्दा दर्ता गरेको हो ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गर्दै निर्देशक पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
नेपाल टेलिकमबाट प्रतिस्पर्धाविना २०७९ पुसमा एसिया इन्फो नामक कम्पनीसंग करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो । कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने स्थिति थियो ।
‘नयाँ बिलिङ प्रणालीका लागि टेण्डर आह्वान गर्नुपर्नेमा पुरानै प्रणालीलाई निरन्तरता दिने र प्रतिस्पर्धाविना नै ठेक्का लम्ब्याउने निर्णय गरेको भेटिएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
नेपाल टेलिकम सञ्चालक समितिले २४ पुस, २०७९ मा बिलिङ प्रणालीको सेवा उपलब्ध गराइरहेको एसिया इन्फो नामक कम्पनीसँग चार वर्षका लागि वार्षिक मर्मतसम्भार सम्झौता ९एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट–एएमसी० गर्ने निर्णय गरेको थियो ।
बिलिङ प्रणालीविना टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन सक्दैन । कुनै उपभोक्ताले अर्को व्यक्तिलाई फोन गर्दा बिलिङ प्रणाली हुदै अर्को व्यक्तिसम्म सम्पर्क स्थापित हुन्छ ।








