
चितवन। नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)चलाएको हस्ताक्षर र चन्दा अभियान तत्काल रोक्न चेतावनी दिएको छ ।
सहकारी ठगी आरोपमा भैरहवा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले चितवनमा पनि हस्ताक्षर र चन्दा संकलन अभियान चलाएकाले त्यो तत्काल रोक्न चितवन काँग्रेसले चेतावनी दिएको हो ।
चितवन कांग्रेसका सभापति राजेश्वर खनालद्धारा जारी विज्ञप्तिमा रास्वपाको हस्ताक्षर अभियान र चन्दा संकलन तत्काल बन्द गर्न चेतावनी दिइएको छ।
चितवन कांग्रेसले आर्थिक अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग सम्बन्धित रहेर पुनः चन्दा संकलन अभियान नै सञ्चालन गरिनुले जनमानसमा थप शंका उत्पन्न गरेको पृष्ठभूमिमा अनाधिकृत रुपले चन्दा संकलन गर्ने कार्य तत्काल रोकी सम्बन्धित पक्षलाई कानुनी दायरामा ल्याउन माग समेत गरेको छ ।
‘सहकारी पिडितहरूको उजुरी र संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा रहेका व्यक्तिका सम्बन्धमा सर्वसाधारण जनतालाई दवाब र प्रभावमा पारी सञ्चालन गरिएको यस प्रकारको क्रियाकलाप कानुनी राज्य र विधिको शासन विपरीत भएको ठहर गर्दै दवाब र प्रभावजन्य यस्ता कार्यहरू तत्काल बन्द गरी सम्मानित अदालत र सम्बद्ध पक्षको अनुसन्धान कार्यमा अवान्छित प्रभाव नपार्न सम्बन्धित राजनीतिक दल र सो क्रियाकलापमा संलग्न व्यक्तिहरू समक्ष हामी जोडदार माग गर्दछौं’,जारी विज्ञप्तीमा भनिएको छ ।
जारी विज्ञप्ती












