सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाई आज, न्यायाधीशमाथि पाँचवटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । समितिले न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग हिजो नै छलफल गरिसकेको छ । उजुरीकर्तासँगको छलफलपछि समितिले आज प्रस्तावित न्यायाधीशलाई सुनुवाइका लागि बोलाएको हो ।

प्रस्तावित पाँच न्यायाधीशमाथि पाँचवटा उजुरी परेका छन् । पाँचमध्ये एक उजुरी सैदान्तिक छ । एक उजुरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामा प्रश्न उठाइएको छ ।

न्यायाधीशमा प्रस्तावितद्वय प्रकाश ढुङ्गाना र हरि फुयाँलविरुद्ध भने व्यक्ति किटान गरी उजुरी गरिएको छ । यस्तै, न्यायाधीशमा प्रस्तावित मनोजकुमार शर्माको सिफारिसमा सैद्धान्तिक प्रश्न उठाउँदै योग्यता नपुगेको प्रश्न गरिएको छ । सिफारिसमा परेका सुष्मलता माथेमा र कुमार रेग्मीविरुद्ध भने उजुरी परेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार