राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गर्ने दुई जना कर्मचारी पक्राउ


काठमाडौं । राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गरेर प्रमाणित गर्ने दुई जना कर्मचारी पक्राउ परेका छन् ।
व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले २पञ्जीकरण विभागका कर्मचारी ८ वर्षीय सुनित रेग्मी र गोरखा नगरपालिका–१० घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय आशिष बाबु कुमाललाई राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा पक्राउ गरेको छ ।
गलत मनसाय राखी उनीहरुले विवरण हेरफेर गर्दै एप्रुभ गरेकाले पक्राउ गरिएको सीआईबीले जनाएको छ । पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ को कसुर गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु उनिहरुलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको हिरासत म्याद दिई थप अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार