उर्जामन्त्री घिसिङले दिए पदबाट राजीनामा


काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए ।

गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै आवाज उठेपछि प्रधानमन्त्री कार्कीले उनलाई दिन भनेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले उनीसँगै अन्य दुई जना सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको पनि राजीनामा मागेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार