घण्टीघरमा पुगे बालेन, गरे वरिष्ठ नेताको पदभार ग्रहण


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । आजै दिउँसो महानगरको मेयर पदबाट राजीनामा बुझाएर शाह रास्वपा को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् ।

उनले त्यहाँ पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताको पदभार ग्रहण गरेका छन् । उनीसहित जेनजी अभियन्ता सुदन गुरुङ समेत घण्टीघर पुगेका छन् ।

घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे । उनलाई स्वागत गर्नका लागि दिउँसो नै रास्वपाका नेता तथा कार्यकर्ताहरु घण्टीघरमा पुगेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार