सञ्चार मन्त्री खरेलले दिए राजीनामा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् ।

मन्त्री खरेल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका हुन् । खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।

निर्वाचन नजिकिदै गर्दै प्राय धेरै मन्त्रीले राजीनामा दिएपछि अब निर्वाचन गराउने जिम्मा प्रधानमन्त्री सुशीला कार्कीको काँधमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार