प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबी प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा वार्ता भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनले करिब २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेर फर्किएका बताइएको छ ।

छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको जनाइएको छ । साथै, एकै चरणमा निर्वाचन गर्नुपर्नेगरी अघि बढ्न ओलीले सरकारलाई सुझाव समेत दिएका थिए ।

उहाँहरुबीच अरु के विषयमा छलफल भयो त्यो भने खुलाइएको छैन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार