
काठमाडौं । प्रतिनिधि सभा सदस्यको फागुन २१ गते सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी नै रहेको छ । देशका विभिन्न ठाउँको नतिजा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जीत सुनिश्चित गरिसकेको छ ।
अहिलेसम्म ४७ ठाउँमा जीत हासिल गरिसकेको छ भने ७२ ठाउँमा अग्रता लिइरहेको छ । समग्र देशको नतिजालाई हेर्दा पुराना र ठुला भनिएका दलहरुलाई रास्वपाले यो पटक पछि पारेको छ ।
काठमाडौं उपत्यकाको कुरा गर्दा १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । अहिले उपत्यका सबै क्षेत्रको नतिजा आइसकेको छ ।
काठमाडौं १ मा रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन् । काठमाडौं २ मा सुनिल केसी निर्वाचित भएका छन् ।
काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम निर्वाचित भइसकेका छन्। काठमाडौं ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल निर्वाचित भएका छन् ।काठमाडौं ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।
त्यस्तै भक्तपुरका दुई वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित ३३ हजार ४३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेम सुवाल ९नेपाल मजदुर किसान पार्टी० ले २८ हजार १४७ मत प्राप्त गरे। त्यस्तै किरण न्यौपाने ९नेपाली कांग्रेस० ले ४ हजार २८२ मत र सोम प्रसाद मिश्र ९नेकपा एमाले० ले ३ हजार ७२१ मत प्राप्त गरे।
यसैगरी भक्तपुर–२ मा रास्वपाका राजीव खत्री ४२ हजार ३३३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेत ले १० हजार ७१७ यससँगै भक्तपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै क्लिन स्वीप गरेको हो ।
रास्वपाले उपत्यकाका दुई वटै जिल्लामा क्लिन स्वीप गरेको छ ।









