(नेकपा)को एकता प्रक्रिया टुङ्गियो, विशेष कार्यक्रम गरी नाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकताको सम्पुर्ण प्रक्रियामा सहमति जुटेको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले एकता प्रक्रियाको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नाम भने सोमबार प्रज्ञा भवनमा विशेष कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ।
लामो समयदेखि रोकिएको नेकपाको एकता प्रक्रियामा पोलिटब्युरो, उपत्यका विशेष कमिटी र जिल्ला कमिटी निर्माण हुन सकेको थिए । विभिन्न मोडलमा जिल्ला कमिटी नेतृत्वका लागि छलफल भएको थियो । स्थानीय सरकार, प्रदेश र संघमा निर्वाचित भएकालाई नेतृत्व नदिने भनेपछि पार्टीमा विवाद थियो । अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले कमिटी नेतृत्व टुंग्याउन लामो समय छलफल गरेका थिए । एकता घोषणाको ११ महिनापछि नेताहरु पोलिटब्युरो, उपत्यका विशेष कमिटी र जिल्ला कमिटी नेतृत्वमा पुरानै मोडलमा टुंग्याउन सहमत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार