धर्मको नौटंकी गर्दै राजतन्त्र फर्काउन खोज्नेलाई ठीक पारिन्छः मन्त्री बास्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले देशमा धर्मको नाममा आन्दोलनको नौटंकी गर्नेलाई कानूनले ठिक पार्ने चेतावनी दिएका छन् । बुधबार जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा सहभागी हुंदै उनले भने, देशको प्रगति र सुशासनलाई अवरोध पुर्‍याउने र धर्मको राजनिती गर्दै आन्दोलन गर्नेलाई अब कानूनले ठिक पार्छ ।

ठुलो बलिदान र त्यागपछि नेपाली जनताले नै किनारा लगाइसकेको राजतन्त्रलाई फेरि ब्युउताउने दिवा सपना कसैले पनि नदेख्न मन्त्री बास्कोटाले आग्रह समेत गरे ।

कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहितको हिन्दू राष्ट्र हुनुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका बेला सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले धर्मको नाममा प्रगतीको बाटो नछेक्न आग्रह गरेका हुन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार