काठमाडौं । सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने भएको छ ।
राजदुत कोइरालालाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णयबारे बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
सरकार प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले राजदुत फिर्ता बालाउनु पर्ने कारणबारे केहि भने केहि बताएनन् ।
राजदुत फिर्ता बोलाउनुको कारणबारे पत्रकारहरुले सोधेको प्रश्नमा मन्त्री बास्कोटाले भने, “सरकारलाई फिर्ता बोलाउन आवश्यक लाग्यो बोलायो, पहिला पहिलाका सरकारले पनि बोलाइराखेका नै हुन्थे, यसमा कारण भनिराख्न आवश्यक छैन ।”
राजदूत कोइरालालाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो।