काठमाडौं । एनसेलले सरकारलाई तिर्नु पर्ने अर्बौ पूँजीगत लाभकरका विषयमा देशभरका युवाहरुले एजुट भएर लाग्नु पर्ने चर्चित अभिनेत्री एंव सामाजिक अभियान्ता रेखा थापाले बताएकी छन् । एनसेलले अर्बौ नबुझाउदा पनि सरकारले चासो नदिएकाले अब युवाहरुले नै अघि बढ्नु पर्ने बताएकी हुन् ।
आइतबार काठमाडौंमा आयाजित एक कार्यक्रममा बोल्दै उनले एसेलले लुट मच्चाउँदा पनि सरकार मौनतामा बसेको भन्दै अब देशभरका युवाहरुलाई एनसेलको कार्यालयमा ताला लगाउन तयार हुन आग्रह गरेकी छन् ।
सामाजिक अभियान्ता समेत रहेकी अभिनेत्री थापाले देशको हितका लागि बोल्दा पार्टीको खोल भिराउने काम गरेको प्रति दुख व्यक्त गरेकी छन् । आफुले यस अघि नै एनसेलका विरुद्ध बोल्दा पार्टी प्रवेश गरेको भनेर हल्ला गरेको पनि उल्लेख गरिन् ।
उनले यो देश अब युवाहरुले नै हाक्ने भएकाले एनसेललाई ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाध्य पार्नका लागि ठाउँ ठाउँ बाट दबाब दिनुपर्ने बताएकी छन् । साथै उनले देशभर चलिरहेको अभियानलाई कर नबुझाउँदा सम्म अझ सशक्त बनाउनु पर्नेमा जोड् दिएकी छन् ।
कार्यक्रममा बोल्ने अन्य नागरिक अगुवाहरुले पनि एनसेलले सरकारलाई ४० अर्ब बुझाउन बाकिँ भएपनि सरकारले चासो नदिएको प्रति गुनासो गरेका छन् । उनीहरुले रकम नबुझाए सम्म कसैले पनि एनसेलको कारोबार नगर्न आग्रह गरेका छन् ।