काठमाडौं । नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा कारवाहीमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई निगमको प्रवक्ता पदबाट हटाएको हो ।
नेपाल वायुसेवाको विमानको दुबई उडान रद्दबारे क्याप्टेन लामाले दिएको आपत्तिजनक अभिव्यक्तिबारे प्राधिकरणले उनलाई सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि उनलाई निलम्वन गरिएको जनाएको छ ।
पाइलट लगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई एक अनलाईन टिभीमा अन्र्तवार्तामा उनले केहि दिन अघि आफ्नो इजाजतपत्र खारेज गर्न चुनौती दिएका थिए। चुनौतीसंगै उनलाई प्राधिकरणले ७ दिने स्पष्टीकरण सोधिएको थियो।
त्रिभुवनअन्तराष्ट्रिय विमानस्थल मर्मतका समयमा नेपाली जहाजलाई विदेश उड्न नदिएको विषयलाई लिएर उनले विवादास्पद अभिव्यक्ति दिएको आरोप लागेको थियो ।