जन्ती बोकेको जीप पाल्पामा दुर्घटना पाँच जनाको मृत्यु

पाल्पा । जन्ती बोकेको जीप पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरेको चारघरेमा खस्दा ५ जनाको मृत्यु भएको छ।

मृत्युहुनेमा जीपका चालक बुद्धिबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी र ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारु रहेका छन्।

गाउँलेका अनुसार जीप सडकबाट झण्डै ५ सय मिटर तल पुगेको छ । उद्दारका लागि प्रहरी र स्थानीय लागिरहेको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिएका छन् ।

दुर्घटना के कति कारणले भयो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ। भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसे हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार