काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान सबै भन्दा उत्कृष्ट संविधान भएको बताएका छन् । संविधानले सबै समुदाय, वर्ग, भाषा, जाती र लिंगको प्रतिनिधित्व गरेकाले यो संविधान उत्कृष्ट भएको जिकिर गरेका छन् ।
उनले यो संविधान जनताका माग, आवश्यकता अनुसार संसोधन पनि गर्न सकिने भएकाले यसका लागि आफुहरु लागिरहेको बताए । उनले भने, संविधान देशको मुल कानुन हो, देशमा कति बेला के आइपर्छ कसैलाई थाहा हुदैन् । त्यसैले समय र जनताको आवश्यकता अनुसार कुनै बुद्धा परिमार्जन गर्नु हाम्रो दायित्व हो ।
मंगलबार आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश कार्यकतालाई स्वागत गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
अहिले संविधान नेपाली जनताका लागि जीवन्त दस्तावेजको रुपमा रहेन पनि उनले बताएका छन् । साथै उनले सरकारले तराई मधेसका जनताको हितका लागि विशेष कार्यक्रम लैजाने तयारी गरिरहेको पनि बताएका छन् ।