
बाजुरा । लगातारको वर्षाले बाजुराको ताप्रीसेरामा रहेको खट्टेखोलाको पक्कीपुल बगाएको छ । पुल बगाएपछि ताप्रीसेरा–बल्दे सडक पुर्ण रुपमा अवरुद्ध भएको छ।
त्यस्तै बाढीले चार घरमा आंशिक क्षति पुगाएको छ भने ब्रहमतोलामा करिब एक सय रोपनी खेतीयोग्य जमिन बगाएको छ।
त्यस्तै गएरातिको भारी वर्षाले बाजुरा जोड्ने एकमात्र राजमार्गमा दुई दर्जन बढी स्थानमा पहिरो आएकाले बाटो पनि पूर्ण रुपामा अवरुद्ध भएको छ ।
यसअघि पहिरोले सडक भासिएपछि सदरमुकाम मार्तडीसम्मको आवागमन १४ दिनदेखि अवरुद्ध छ। सडकमा आएको पहिरोलाई हटाउन अझै समय लाग्ने बताइएको छ ।
साँफे–मार्तडी सडक जोड्ने पुल बाढीले गाएपछि आवत जावत बन्द भएको छ । पर्ने १६ मिटर लामो पक्कीपुल बगाएको छ।










