मोरङ । प्रदेश एकको सम्पर्क राजधानी धनकुटा तोकिएको छ । मंगलबार बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले प्रदेशको सम्पर्क राजधानी धनकुटालाई तोकेको हो।
प्रदेशको नामको अन्तिम निर्णय वैशाख २० गतेपछि टुङ्याउने तयारी गरिरहदाँ प्रदेश एकको सरकारले सम्पर्क राजधानीका रुपमा धनकुटालाई तोकेको हो। यसैक्रममा बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ।
यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको आन्तरिक मामिला मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए। तत्कालिन पूर्वाञ्चल बिकास क्षेत्रको राजधानीको रुपमा धनकुटा रहेको थियो।
त्यसैगरी प्रदेश एकले यातायातको कार्यालय पनि धनकुटामै राख्ने निर्णय गरेको छ ।