काठमाडौं । निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि राजनैतिक दल र गैरसरकारी संस्थाले सरकारलाई गतल सावित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सरकारले गर्ने काममा अंकुश लगाउर्दै घटनालाई गैर सरकारीकरण गरेकाले हत्यारा पत्ता लाउन समस्या भएको उनले दाबी गरेका छन् ।
घटना भएको झण्डै ९ महिना पछि प्रधानमन्त्री ओलीले मंगलबार नेकपा संसदीय दलको बैठकमा बोल्दै सो कुरा बताएका छन् । उनले निर्मलाको हत्या भएदेखि नै घटनालाई राजनैतिक मुद्दा बनाएर विभिन्न समयमा तमासा देखाउने गरेकाले नै अपराधी अहिले सम्म बचेको बताए ।
घटना भए देखि नै विभिन्न गैरसरकारी संस्थाले देखाएको तमासा र राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताको व्यवहारले नै यो समस्या भएको दाबी गरेका छन् । घटनाको जिम्मा सरकारलाई दिएको भए सजिलै अपराधी पत्ता लाग्ने पनि उनले जिकिर गरेका छन् ।
प्रधानमन्त्री ओलीले निर्मला पन्तका बुबा र आमालाई मानसिक सन्तुलन गुमाउने गरी राजनीतिक खेलौना बनाइएको आरोप लगाए । उनीहरुलाई अन्सन बन्न लगाइयो, घरभित्रै लडाई गर्न बाध्य पारियो, मानसिक सन्तुलन गुमाउने अवस्था सम्म पुर्याउने काम पनि तिनै राजनैतिक दल र गैर सरकारी संस्थाले गरेका हुन् ।
घटनाको छानविन नहुँदै अनुमानका आधारमा बोलेर अपराधिलाई झन संरक्षण हुने काममा पनि उनीहरुले नै सहयोग गरेको उनले प्रष्ट पारेका छन् । यो घटनामा सरकारलाई निष्पक्ष रुपमा काम गर्न दिने हो भने हत्यारा पत्ता लगाएरै छाेड्ने दाबी गरेका छन् ।
कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको गएको साउन १० गते बतात्कारपछि हत्या गरिएको थियो । घटनामामा संलग्नलाई कारवाहिको माग गर्दै देशभरी प्रदर्शन गरियो, एक जनाले ज्यान गुमाए, कति घाइते भए, आमा बुवा अनसन बसे तर पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन् । धेरैले प्रहरीले प्रमाण नष्ट गरेका कारण हत्यारा पत्ता लाग्न नसकेको बताइरहेका छन् ।
प्रधानमन्त्री ओलीले निर्मला पन्त बाहेक अरु घटनाका अपराधी पक्राउ परेर समाजमा शान्ति सुरक्षा कार्यम गर्नमा सरकारले ठुलो भूमिका खेलको जिकिर गरेका छन् ।