काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो १२ औं बार्षिकोत्सवलाई सामाजिक कार्यमा समर्पित गरेको छ । मंगलबार परेको बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम तथा गरिव विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर आफूलाई समाजवेवामा समर्पित गरेको हो ।कंगारुको केन्द्रीय कार्यलय पुतलीसडकमा आयोजना गरेको रत्तदान कार्यक्रममा २० जनाले रत्तदान गरेको जनाइएको छ । कार्यक्रममा कार्यालयका स्टाफ, विद्यार्थी लगायतले रत्तदान गरेको कंगारु एजुकेशन फाउडेशनले जनाएको छ । विद्यार्थीहरुलाई विदेशमा अध्ययनका लागि परामर्श दिदै आएको उक्त एजुकेशन कन्सल्टेन्सीले नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रत्तदान कार्यक्रमको आयोजना गरेको हो ।
IELTS, TOEFL, PTE, SAT को तयारी समेत गराउँदै आएको कंगारुले सामाजिक उत्तरदायित्व अन्तरगत गरिव बालबालीकाका लागि शैक्षिक सामाग्री पनि हस्तान्तरण गरेको छ । हार्ड्विट नामक सामाजिक संस्थामा आश्रय लिइरहेका बालबालीकाका लागि स्कुल ब्याग, प्यान, प्यान्सिल, नोटबुक लगायत खेलौनाहरु पनि वितरण गरिएको कंगारु एजुकेशन फाउण्डेशनका प्रबन्धनिर्देशक महेशबाबु तिमल्सिनाले बताए ।
हरेक बर्ष सामाजिक उत्तरदायीत्व अन्तरगत खर्च गर्दै आएको कंगारुले यो बर्ष हार्ड्विट नामक संस्थामा आश्रय लिएर बसेका ३० जना बालबालीकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरीका तथा युरोपका विभिन्न देशहरुमा विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको कंगारुले ‘भविश्य उज्वल छ अभियान’ अन्तरगत शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।अष्ट्रेलिया लगायत देशभर ८ ओटा शाखा मार्फत सेवा दिदै आएको कंगारुले विद्यार्थीहरुलाई भरपर्दो परामर्श सेवा दिदै आएको छ ।