काठमाडौं । कुखुरामा बर्ड फ्लु भेटिएको खबर बेला बेला सुनिन्थ्यो । कुखुरामा बर्ड फ्लु देखिएमा मानिसमा सर्ने भन्दै कुखुरानै नष्ट पार्ने काम यस अघि भइरहन्थ्यो । विहिबार नेपालमा पहिलो पटक बर्ड फ्लुबाट एक जनाको ज्यान गएको भेटिएको छ । ज्यान जानेमा काभ्रेका एक युवक रहेका छन् ।
स्वास्थ्यमा समस्या भएका ति युवकको केहि समय अघि मृत्यु भएको थियो । उनको मृत्यु बर्ड फ्लुहुन सक्ने भन्दै युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो ।
विहिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुका कारण मृत्यु भएको जानकारी दिएको हो । युवकको नाम भने गोप्य राखिएको छ ।