बालुवाटार जग्गा प्रकणमा कसैलाई नछोड्ने : सरकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा प्रकरणमा कसैलाई नछोड्ने बताएका छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता हुनु दुखद भएको भन्दै व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने दाबी गरेका छन् ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकार कान थुनेर बस्नेवाला छैन् भन्दै अब छानविन प्रक्रियामा लाग्ने जिकिर गरेका छन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा नेकपा महासचिव विष्णु पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुछिए पनि छानबिन प्रभावित नहुने उनले बताए । ‘प्रश्न विष्णु पौडेल वा शेरबहादुर देउवाको होइन । सुवर्णशम्शेरको होइन’ मन्त्री बास्कोटाले भने ।

जोसुकैको नाममा भए पनि सरकारी सम्पत्ति सरकारले नै हुने भएकाले व्यक्तिलाई कारवाहि गरिने पनि बताएका छन् । सरकारले संविधान, नियम कानूनले व्याख्या गरेअनुसार सरकारी सम्पत्ति फिर्ता ल्याउने मन्त्री बास्कोटाले दाबी  गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार