सरकारी सेवाहरु अब विद्युतीय कारोबारबाट हुने : राष्ट्रपति भण्डारी

 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपतिले सरकारले आगामी वर्षभित्र सबै सकारी विद्यालयमा ब्रोडब्याड ब्याण्ड विस्तार सम्पन्न गर्ने बताउनुभयो । उहाँले सबै सरकारी सेवाहरु अब विद्युतीय कारोबारबाट हुने बताउदै बायोमेट्रिक प्रणालीबाट सबै नेपालीको राष्ट्रिय परिचय पत्र बनाइने घोषणा गर्नुभयो । सरकारले प्रविधिमार्फत बजेटको तर्जुमा र खर्चको रेखाङकन गर्ने उहाँले जानकारी दिनुभयो । मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान आगामी दुइ वर्ष्भित्र सञ्चालनमा ल्याइने समेत उहाँको भनाई छ । स्वास्थ्यतर्फ टेलिमिडिसिन तथा आधारभूत चिकित्सा सेवा प्रदान गरिने तथा केन्द्रीय स्वास्थ्य सेवालाई अत्याधुनिक र प्रविधियुक्त बनाइने राष्ट्रपती भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार