हावा चल्दा तराईबासी त्रसित हुँदै यसरि ईश्वर पुर्काछन् (भिडियोसहित)

बारा । एक महिना अधि नेपालको तराई क्षेत्रमा आएको बिनासकारी आँधीको त्रास अहिले पनि कायमै छ ।
शुक्रबार बिहान बाराको सुवर्ण गाउँपालीका क्षेत्रमा हावाहुरी चल्दा स्थानियहरु त्रसित भएका छन् ।

बिहान एक्कासी आकास मडारिएर अध्यारो भई हावाहुरी चल्दा उक्त गाँउपालीकाको वडा नम्बर चारस्थित हर्दिया टोलका स्थानियहरु त्रसित भएका हुन ।
हावाहुरी चल्न थालेपछि उनिहरु निकै डराउदै आकास तर्फ हेरेर सुरक्षाका लागि ईश्वर पुकार्दै गरेका देखिन्थे ।

गत चैत्र १७ गते साँझ एक्कासी आएको आँधीले हर्दियाको दलित बस्ति नै सखाप पारेको थियो । फुसले छाएका सबै टहराहरु हुरीले उठाएको थियो । अहिले उनिहरु टेन्टमा बस्दै आएका छन् । बिनासकारी आँधीले बारा र पर्साका विभिन्न ठाँउमा ठुलो धनजनको क्षती गरेको थियो ।

टिठ लाग्दो भिडियो हेर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार