काठमाडौं । आर्थिक वर्ष २०६७ । ७७ को नीति तथा कार्यत्रम सरकारले मंगलबार पारित गरेको छ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगाएतका पार्टीको विरुद्धकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो ।
नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार गरी तीन दिन छलफल भएको थियो ।
लगातार तिन दिनको छलफलपछि सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गरेका छन् । नीति तथा कार्यक्रममा पारितपछि संसद बैठक आउने बैशाख २७ गते सम्मका लागि स्थगिति भएको छ ।