धनकुटा । प्रदेश सभाले प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउने निर्णय गरेपछि धनकुटामा विरुद्ध भइरहेको छ । प्रदेश सभाले गरेको निर्णय खारेज गरी धनकुटालाई राजधानी बनाउनु पर्ने माग गर्दै दबावमुलक विरुद्ध भएको हो ।
मंगलबार धनकुटाको जिरो प्वाइन्टमा मध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्काजाम र राति ७ बजेदेखि साढे ७ बजेसम्म ब्ल्याक आउट गरिएको थियो । भने बुधबार दिउँसो ३ बजेदेखि एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ ।
धनकुटा बासीले धनकुटालाई नै स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले सुन्दरवाबु श्रेष्ठको अध्यक्षतामा धनकुटा प्रादेशिक राजधानी अभियान समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् ।
धनकुटालाई प्रादेशिक राजधानी नबनाए जिल्लाको पहिचान, इतिहास र अस्तित्व मेटिने उनीहरुको चिन्ता छ । धनकुटालाई राजधानी नतोके सम्म आफ्नो आन्दोलन जारी रहने पनि बताएका छन् ।