डोटी । कांग्रेस नेता तथा पुर्बमन्त्री वीरबहादुर बलायरले निर्मला पन्तका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको ठोकुवा गरेका छन् । निर्मला हत्याकाण्ड घटनाक्रमको सुरुवात र जरो बम दिदीबहिनी भएकाले उनिहरुलाई नै हत्यारा थाहा हुने नेता बलायरको दाबी छ ।
सूदुरपश्चिम प्रदेशको डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस नेता बलायरले निर्मला हराएकै राति बम दिदिबहिनीहरुको घरमा छापा मारेको भए घटनाले यस्तो रुप नलिने बताए । उनले भने, प्रहरीले घटनालाई सामान्य लियो र राति जान नमिल्ने भन्दै वास्ता गरेन, बिड्म्बना यस्तो दुखत घटना हुन पुग्यो ।’
निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका नेता बलायरले भने, निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा छैन, यो मेरो ठोकुवा हो ।’ कुन आधारमा यस्तो ठोकुवा हो, भन्ने पत्रकारहरुको जवाफमा उनले भने, ‘निर्मलालाई उनको घरबाट आफैंले घरमा बोलाउनु, आमा खोज्न जाँदा तेरी छोरी पोइल गइहोली भन्नु, साइकल भेटिएपछि शव पनि त्यतै होला नि, भन्नु नै बम दिदीबहिनी प्रती शंका गर्ने प्रयाप्त आधारहरु हुन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मिडियामा बम दिदीबहिनीको बचाउ गरेकाले उनिहरु माथि सबैले थप शंका गरेको नेता बलायरको भनाई थियो । साथै बर्तमान सरकार नै बलात्कारी र हत्यारालाई बचाउन लागि परेको नेता बलायरले आरोप समेत लगाए ।