प्रधानमन्त्री ओली ६ दिने भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जादैछन् । भियतनाम र कम्बोडियाका सरकार प्रमुखको बिशेष निमन्त्रणा प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ जान लागेका हुन ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनले प्रम ओलीलाई भ्रमणको निम्ता गरेको प्रधामन्त्री कार्यालयले जनाएको छ ।

दुबै देशको ६ दिने औपचारिक भ्रमणमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि भ्रमण टोलीमा छिन । त्यसैगरी टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि सामेल छन ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सुरुमा भियतनाम जानेछन् । त्यहाँ उनी वैशाख २६ देखि ३० गतेसम्म विभिन्न भेटधाट तथा कार्यक्रममा सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन् ।

भ्रमण तालिका अनुसार भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा एक रात्रिभोजको आयोजना समेत हुनेछ ।
भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर जेठ ३० गते मात्रै कम्बोडिया जाने भ्रमण तालिका छ । त्यहाँ उनले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम छ । ६ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार