काठमाडौं । आज कानून दिवस मनाइदैछ । प्रधान न्यायालय ऐन जारी भएको दिनको सम्झनामा हरेक बर्ष बैशाख २६ गते कानून दिवश मनाइदै आइएको छ ।
दिवशको अवसरमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले एक शुभकामना सन्देश जारि गर्दै विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका छन् ।
प्रधानन्यायाधिश राणाको शुभकामना सन्देशमा, “कानून २०७६ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताको लागि आ आफ्नो ठाँउबाट योगदान गर्ने सकारात्मक सोंच, प्रेरणा र क्षमता सबैमा प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गर्दछु” भनेर उल्लेख गरिएको छ ।
दिवसको अवसरमा सर्वोच्च अदालत परिसरमा अपराह्न जलपान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
दिवशकै अवसरमा कानुन र न्याय क्षेत्रमा संलग्नहरुले पनि बिभिन्न कार्यक्रम गरी दिवश मनाउँदैछन् ।
नेपालमा विक्रम संवत् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएरपछि कार्यान्वयनमा आएको थिए ।
प्रधानन्यायाधिश राणाको शुभकामना सन्देश