अदालतको गरिमामाथि आँच पुर्याउने फैसलाबाट पाठ सिकौं : मुख्यमन्त्री पौडेल

हेटौंडा । अरुलाई न्याय दिने क्रममा संस्थाको गरिमा माथि आँच पुर्याउने खालका फैसलाप्रति सचेत हुनुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । न्याय दिने क्रममा अदालतको गरिमा नै संकटमा पार्ने काम राम्रो नभएको भन्दै आगामि दिनमा विगतमा भएका यस्ता फैसलाको पाठ सिक्नु पर्नेमा उनले जोड् दिएका छन् ।

कानून दिवसको अवसरमा प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मुद्दाको फैसला गर्दा निर्मम तरिकाले ध्याद दिएर गर्नुपर्ने बताए ।

उनले आफुहरु अहिले कानून निर्माणको काममा लागिरहेको भन्दै सरकारको अरु कामहरु पनि सँगसँगै गरिरहेको बताएका छन् ।  स्थानीय तहमा जनताको समस्या र आवश्यकतालाई ध्यान दिदै संविधानमा टेकेर कानुन बनाउने कुरा त्यति सजिलो नभएको बताए । उनले भने, कानुन बनाउने कुरा सजिलो छैन्, यो एकदमै जटिल विषय भएकाले कानुन निमार्णमा सबैले ध्यान दिनु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार