विराटनगर। मधेसी थारु नेता तथा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिइ कारवाही गर्नुपर्ने बताएका छन् ।
नेपालबाट मधेस क्षेत्र अलग्याइ छुट्टै देश बनाउनु पर्ने बिखण्डनकारी नारा बोकेर आन्दोलन गरिरहेको सिके राउत समुहलाई लक्षित गर्दै नेता गच्छदारले देश टुक्राउनेहरुसंग कुनै सम्झौता हुन नसक्ने भन्दै त्यस्ता बिखण्डकनकारीलाई सबै नेपाली जनता मिलेर तह लगाउनु पर्नेमा जोड दिए ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै नेता गच्छदारले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको बताएका थिए ।
राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने बताउँदे नेता गच्छदारले वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्नेमा जोड दिए ।
पछिल्लो समय देशमा बलात्कार, हत्या, हिंसाका घटनाहरु दिन प्रती दिन घटिरहेकाले गृह प्रशासनले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउदै नेता गच्छदारले घटनाका पीडितलाई छिटो भन्दा छिटो न्याय दिन सरकारसंग आग्रह समेग गरे ।