प्रचण्डले किन गरे पुनः विवाह ? कारण यस्तो छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पुन ः विवाह गरेका छन् । उनले पत्नी सिता दाहालसँग आफ्नो विवाह ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएका हुन। प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह गरेका थिए।

ललितपुरको सुनाकोठीस्थित प्रचण्ड निवासमा विहीबार एक भव्य विवाह समारोहकावीच ५० औं विवाह वर्षगाँठ मनाइएको छ ।
महिलाद्धारा बजाइएको पञ्चैबाजाको धूनमा प्रचण्ड र सीता दुबैले एक अर्काको गालामा हरियो दूबोको माला लगाएका थिए ।

विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव लगायत पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता थियो ।

दाहाल पुत्र प्रकाशको अल्पआयुमै निधन भएपछि सीताको स्वास्थ्यमा विभिन्न समस्याहरु आएका छन् । पुब वियोगमा सीताको अवस्था बिग्रीदै गएपछि उनलाई उपचारका लागि देश तथा विदेशका विभिन्न अस्पतालहरुमा लगिसकिएको छ । तर, उनको स्वास्थ्यमा सुधार नभएपछि दाहाल परिवारले उनलाई खुशी बनाउन र उनको ध्यान अन्यत्र मोड्न बेला बखत पारिवारीक भ्रमण, भुमफिर लगायतका काम हुदै आएका छन् ।

सीताको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा सहित प्रचण्ड र सीताको पुनः विवाह गरिएको दाहाल परिवारले जनाएको छ ।

विवाह समारोहमा प्रचण्डले बिरामी पत्नी सीताको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै परिवारजनको ईच्छाअनुसार पुनः विवाह कार्यक्रम गरिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार