डोटी । जघन्य अपराधका रुपमा मानिएको बलात्कार घटना यसरि घटिरहेका छन की, जुन पत्याउन पनि गारो भइरहेको छ । निर्मला पन्त बलात्कार हत्याकाण्डले न्याय नपाइरहको अवस्थामा सुदूरपश्चिम प्रदेशकै डोटीमा एउटा अपत्यारिलो बलात्कारको घटना भएको छ ।
ज्येष्ठ नागरिक दिवसकै दिन सोमबार बिहान बडिकेदार गााँउपालिकी एक ७४ वर्षीया बयोवृद्वा बलात्कृत भएकी हुन ।
गाउँकै सुनालेक मेहेलि ग्रामिण सडक खण्डमा हिड्दै गइरहेका बेला बयोवृद्वामाथि बलात्कार भएको डोटी प्रहरीले जनाएको छ । घटनाको आरोपमा बोगटान गाउँपालिका १ बस्ने २२ बर्षिय एकेन्द्र बहादुर धामी (गणेश) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुव्रबहादुर विष्टले जानकारी दिए ।
बाटोमा एक्लै हिडिरहेकी वृद्वालाई धामीले बलात्कार गर्दा उनले चिच्याउदै गुहार मागेपछि स्थानीयले बलात्कार गर्नेलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । आरोपित धामिमाथि अनुसन्धानपछि प्रचलित करणी सम्वन्धी मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक विष्टले बताए ।