काठमाडौं । मिस नेपाल वल्र्ड २०१९ को ताज अनुष्का श्रेष्ठले पहिरेकी छन् । बिहीबार सम्पन्न मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले ताज पहिरेकी हुन् ।
अन्तिम प्रतिस्पर्धाका विभिन्न चरण पार गर्दै अन्तिममा कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको अनुष्काले उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।
प्रतियोगीतामा यो बर्षको ‘मिस नेपाल यूनिभर्स’ को उपाधि भने प्रदिप्ता अधिकारीले जितिन । त्यसैगरी ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत, ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधि मिरा कक्षपतिले जितिन् ।
मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।
यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरीको मैदानमा आयोजना गरिएको थियो ।
‘मिस नेपाल’ आयोजना हुँदै आएको २५ औं बर्ष पुगेको अवसरमा पूर्व मिस नेपालहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।